close

आलमलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश

आलमलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफता आलमविरुद्धको मुद्दामा सर्वोच्च अदालतले जिल्ला तथा उच्च अदालतकै आदेश सदर गरेको छ। सर्वोच्चले मुद्दाको अन्तिम फैसला नहुन्जेलसम्म आलमलाई थुनामै राख्ने जिल्ला अदालत र उच्चको आदेश सदर गरेको हो।

 

न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार भएको सुनुवाइ पछि सर्वोच्चले यस्तो आदेश दिएको हो। योसँगै आलमको माग बदर भएको छ । साथै उनको थुनामुक्त हुने अन्तिम प्रयास समेत विफल भएको छ ।

 

नेता आलममाथि २०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटा भट्टामा जलाएर मारेको तथा अन्य केही व्यक्तिको ज्यान लिएको आरोप छ।

 

जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालतमा गएका थिए। उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले पनि उनलाई थुनामा राख्ने जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेका हुन्।

 

आलम नख्खु कारागारमा छन्। उनीमाथि तीन वटा मुद्दा लगाइएको छ। उनीविरुध्द ३२ वर्ष कैदको माग गरिएको छ।