close

चितवनको एक कुखुरा फार्ममा बर्डफ्लु पुष्टि

चितवनको एक कुखुरा फार्ममा बर्डफ्लु पुष्टि

Trulli
ADVERTISEMENT

चितवन । पूर्वीचितवनको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिमा बर्डफ्लु पुष्टि भएको छ । 

 

खैरहनी नगरपालिका–१ ज्यामिरेमा एक लाख १६ हजार कुखुरा रहेको सो फार्ममा बर्ड फ्लु पुष्टि भेटिएपछि थप पुष्टिका लागि नमुना काठमाडौं ल्याइएको छ । 

 

फार्मका सञ्चालक सुमा अर्यालले फ्लु अटोमेसन क्लोज हाउसमा पालिएका लेयर्स कुखुरामा सङ्क्रमण देखिएको बताए । 

 

बर्डफ्लुका कारण २५ करोड हाराहारी नोक्सान हुने उनले उनले बताए । बर्डफ्लु देखिएसँगै कुखुरा, अण्डा, दाना, क्रेट, कार्टुनलगायत सामग्री नष्ट गर्न थालिएको छ ।

 

बीस वर्षअघिदेखि अर्यालले उच्चतम प्रविधि अपनाएर कुखुरा पाल्दै आएका थिए । पोल्ट्री व्यवसायमा  ७० करोडभन्दा बढी लगानी भइसकेको उनले बताए ।