close

निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने

निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने

Trulli
ADVERTISEMENT

काठमाडौँ । वैशाख ३० गते शुक्रबार स्थानीय निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ ।

 

वायुसेवा सञ्चालक संघ नेपालमा आबद्ध सबै सदस्य वायुसेवा कम्पनीको नियमित उडान बन्द हुने संघले जनाएको छ ।

 

स्थानीय तहको निर्वाचन हुने भएकाले सोही दिन सम्पूर्ण सार्वजनिक यातायातदेखि उडान सेवासमेत बन्द हुने भएको छ । संघका अनुसार मानवीय उद्धार सहायता र सरकारको निर्देशनबाहेक अन्य उडान सबै बन्द रहनेछ ।