close

जेठ १ -४ गतेसम्म २५६६औँ बुद्धजयन्ति मनाइने

जेठ १ -४ गतेसम्म २५६६औँ बुद्धजयन्ति मनाइने

Trulli
ADVERTISEMENT

रुपन्देही । लुम्बिनी विकास कोषले २५६६औँ बुद्ध जयन्ती जेठ १ गतेदेखि ४ गतेसम्म मनाउने भएको छ । 

 

कोषद्वारा लुम्बिनीमा आयोजित पत्रकार अन्तर्क्रिया कार्यक्रममा बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिनलाई वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती र लुम्बिनी दिवस भव्य रूपमा मनाउने तयारी भएको हो ।

 

कोषका सदस्यसचिव सानुराजा शाक्यले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको संयोजकत्वमा मूल समारोह समिति गठन भई त्यसअन्तर्गत विभिन्न उपसमितिले काम गरिरहेको बताए । 

 

बुद्ध जयन्तिको अवसर पारेर लुम्बिनीमा निर्माण सम्पन्न भएको पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यानकेन्द्र हलको पनि उद्घाटन गरिने जनाइएको छ । 

 

हलको उद्घाटन बुद्ध जयन्तिको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । 
२५६६ औँ बुद्ध जयन्तिको अवसरमा जेठ १ गते रामग्राम देवदहमा विशेष कार्यक्रम तथा दीप प्रज्ज्वलन एवं देवदहको भवानीपुरमा बौद्ध पूजा तथा दीप प्रज्ज्वलन गरी मनाइँदै छ । 

 

रामग्राम नवलपरासीमा जेठ गते चार बजेबाट बौद्ध प्रवचन तथा दीप प्रज्ज्वलन, दुई गते रामग्राम नगरपालिकाद्वारा रामग्राम दिवस, भोजनदान गर्नेसम्बन्धी कार्यक्रम छ ।

 

जेठ २ गते बिहान ६ बजे मायादेवी परिसरमा बुद्ध पूजा तथा परित्राण पाठ बिहान सात बजे मायादेवी परिसरदेखि शान्ति दीपसम्म शोभायात्रा, बिहान नौबजे प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलको उद्घाटन गरिनेछ ।

 

यस्तै, बिहान १० बजेदेखि इष्ट मोनास्टिक जोनको कम्बोडिया मोनाष्ट्रि र इष्ट पोण्डमा भोजन दान, दिउँसो दुई बजे अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलमा २५६६ औँ बुद्ध जयन्ती समारोह प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा तथा विशिष्ट अतिथिको उपस्थितिमा विशेष समारोह गरी मनाइने शाक्यले बताए । 

 

यस्तै, दिउँसो ५ बजेदेखि सोही हलमा सुरसुधाको सांगीतिक कार्यक्रमको प्रस्तुति, साँझ लुम्बिनीको मायादेवी परिसरमा दीप प्रज्ज्वलन गरिने कार्यक्रम छ ।

 

यसैगरी जेठ ३ गते लुम्बिनीदेखि कपिलवस्तुसम्म सिद्धार्थ गौतमको शोभायात्रा, प्राचीन शाक्य गणराज्यको राजधानी कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्नेसम्बन्धी देश विदेशका विज्ञको सहभागितामा दुईदिने तिलौराकोट सम्मेलन गर्ने कार्यक्रम रहेको शाक्यले बताए । 

 

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने खबरले कोषलाई हर्षित बनाएको बताए । 

 

उनले यसको औपचारिक खबर कोषलाई प्राप्त नभए पनि मोदी आए कोषले त्यससम्बन्धी तयार रहेको बताए ।