close

छांगरु र तिंकरमा हेलिकोप्टरमार्फत् पठाइयो, निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी

छांगरु र तिंकरमा हेलिकोप्टरमार्फत् पठाइयो, निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी

Trulli
ADVERTISEMENT

काठमाडौं । आसन्न निर्वाचनका लागि व्याँस गाउँपालिका–१ को छांगरु र तिंकरमा हेलिकोप्टरमार्फत् निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । 

 

जिल्लाकाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकोप्टरमार्फत् सुरक्षाकर्मी पठाइएको हो ।

 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले छांगरु र तिंकरमा हेलिकोप्टरमार्फत निर्वाचनमा प्रयोग हुने सामग्री, निर्वाचन अधिकृत तथा सुरक्षाकर्मी पठाइएको जानकारी दिए ।

 

तिंकरको छायालेकमा रहेको प्रहरीचौकीका लागि आवश्यक सामग्री पनि हेलिकोप्टरमार्फत् लगिएको उनले बताए ।