close

मंगलबार रातिबाट सीमा नाका बन्द हुने

मंगलबार रातिबाट सीमा नाका बन्द हुने

Trulli
ADVERTISEMENT

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मंगलबार रातिबाट भारतसँग जोडिएका सीमानाका बन्द गर्ने निर्णय गरिएकोे छ  । 

 

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको सम्पूर्ण सीमानाका मंगलबार राति १२ बजेदेखि निर्वाचन हुने शुक्रबार राति  १२ बजे सम्मका लागि  बन्द गर्ने उल्लेख गरेको छ । 

 

यसैबीच स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी मंगलबारदेखि मादकपदार्थ बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लागाइएको छ ।