close

जिम्बाबे ‘ए’ले नेपाललाई दियो २१४ रनको लक्ष्य

जिम्बाबे ‘ए’ले नेपाललाई दियो २१४ रनको लक्ष्य

Trulli
ADVERTISEMENT

काठमाडौं ।  जिम्बावे ‘ए’ले नेपाललाई दियो २१४ रनको लक्ष्य दिएको छ । 

 

नेपाल र जिम्बावे ए बीचको तीन एकदिवसीय श्रृंखलाको अन्तिम तेस्रो तथा खेलमा जिम्बावे ए’ले नेपाललाई जितका लागि २१४ रनको लक्ष्य दिएको हो ।

 

बर्षाका कारण मैदान भिजेकोले ३३ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३२.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको छ । 

 

जिम्बावेका लागि टाडिवानासेले अर्धशतक प्रहार गरे । नेपालका किशवर महतोले सर्वाधिक ५ विकेट लिए ।

 

खेलका क्रममा इन्नोसेन्ट किया र टाडिवानासे मारुमानीले पहिलो विकेटका लागि ४.२ ओभरमै ४० रनको साझेदारी गरेका थिए । मारुमानी ३१ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए ।