close

यस्तो छ, धनकुटा, महालक्ष्मी नगरपालिकाको नामंकरणको पृष्ठभूमि

यस्तो छ, धनकुटा, महालक्ष्मी नगरपालिकाको नामंकरणको पृष्ठभूमि

Trulli
ADVERTISEMENT

धनकुट ।  पूर्वीनेपालको प्रदेश नं.१ मा अवस्थित धनकुटा जिल्ला राजनैतिक दृष्टिले कहलिएको छ । महालक्ष्मी नगरपालिका धनकुटाको उत्तरी भेगमा रहेको सुन्दर नगरी हो । 

 

महालक्ष्मी नगरपालिकाको नामा‌ंकरण नगरको मध्यभागबाट बग्ने लक्ष्मी खोला र दक्षिणी सीमाना भई बग्ने महामाया खोलाको नामबाट नगरपालिकाको नामा‌ंकरण गरिएको छ । महालक्ष्मी नगरपालिका पनि यो मामिलामा कम छैन । 

 

जनसांख्यिक अवस्थालाई हेर्दा राष्ट्रिय जनगणना, २०६८ अनुसार २४८०० रहेको छ । नगरको क्षेत्रफल १२६.३ वर्ग.कि.मि रहेको छ । जनघनत्व १९७ जना रहेको छ । मूलतः उष्ण तटबन्धीय, न्यानो उपोष्ण, ठण्डा समशितोषण हावापानी पाइन्छ । 

 

यो क्षेत्रमा वर्षा पर्याप्त मात्रमा हुने गरेको छ । महालक्ष्मी नगरपालिकाको प्रशासनिक केन्द्र जितपुर बजारमा छ । यो नगरपालिका कुल नौवटा वडामा विभाजित छ । नगरपालिकाबाट प्राप्त हुने अधिकांश सेवा÷सुविधा वडाबाट हुने गरेको छ ।