close

ऊर्जामन्त्री भुसालसँग बेलायतका राजदूतको भेट, नेपालमा लगानी गर्न बेलायतलाई आग्रह

ऊर्जामन्त्री भुसालसँग बेलायतका राजदूतको भेट, नेपालमा लगानी गर्न बेलायतलाई आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् । 

 

मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।

 

भेटमा  मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभई जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताइन् । 
 

मन्त्री भुसालले कोभिड–१९ बाट सुरक्षति रहन बेलायत सरकारले नेपालाई पुर्‍याएको सहयोगप्रति धन्यवादसमेत व्यक्त गरे । 
 

मन्त्री भुसालले ऊर्जा सुरक्षाका लागि लागि नेपालले जलाशययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै  बेलायत सरकार र त्यहाँका निजी क्षेत्रलाई त्यस्ता आयोजनामा लगानी गर्न आग्रह गरिन् । 
 

नेपालले जलवायु परिवर्तनको नराम्रो असर भोगिरहेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘जलवायु परिवर्तनको असर धेरै क्षेत्रमा देखिन थालेको छ । यो समस्या हाम्रो मात्र होइन, संसारको हो, यो विषयमा बेलायत सरकारको सहयोग रहने विश्वास लिएकी छु ।’