close

मुम्बइविरुद्ध कोलकत्ता विजयी

मुम्बइविरुद्ध कोलकत्ता विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बइ इण्डियन्स कोलकत्ता नाइट राइडर्ससँग पराजित भएको छ। मुम्बइस्थित डीवाइ पाटिल स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले ५२ रनको जित निकालेको हो।

 

टस हारेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। कोलकत्ताका लागि ओपनरद्व वेङ्कटेस ऐय्यर र अजिन्क्य रहाणेले सानदार सुरुवात दिलाउँदै क्रमश ४३ र २५ रन बनाए। त्यस्तै अर्का ब्याट्सम्यान नितिश रानाले पनि ४३ रन बनाउँदा रिंकु सिंह २३ रनमा अविजित रहे।

 

बलिङतर्फ मुम्बइ इण्डियन्सका जसप्रीत बुमराहले सानदार बलिङ गरे। उनले ४ ओभरमा १० रन दिँदै ५ विकेट लिए। त्यस्तै कुमार कार्तिकेयले २ विकेट लिँदा ड्यानियल स्याम्स र मुरुगन अश्विनले समान १ विकेट लिए।

 

जवाफी ब्याटिङमा उत्रिएको मुम्बइको ब्याटिङ भने फितलो रह्यो। १७.३ ओभरमा ११३ रन बनाउँदै मुम्बइ अलआउट हुन पुग्यो। मुम्बइका लागि ओपनर इशान किशनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५१ रन बनाउँदा किइरन पोलार्डले १५, टिम डेबिडले १३ र रमनदीप सिंहले १२ रन बनाए।

 

बलिङतर्फ कोलकत्ताका प्याट कमिङ्सले सर्वाधिक ३ विकेट लिँदा आन्द्रे रसेलले २ तथा टिम साउथी र वरुण चक्रवर्तीले समान १ विकेट लिए। जितसँगै १० अंक जोडेर कोलकत्ता सातौं स्थानमा उक्लिएको छ भने मुम्बइ ४ अंक जोडेर तालिकाको पुछारमा छ।