close

टिमलाई भोट माग्न निर्देशन दिँदै सिंहले भने : एक्लै जित्ने सपना नदेखे हुन्छ

टिमलाई भोट माग्न निर्देशन दिँदै सिंहले भने : एक्लै जित्ने सपना नदेखे हुन्छ

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा पूरै टिमको सट्टा आफू एक्लैले जित्ने सपना नदेख्न चेतावनी दिएका छन् । 

 

मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले आफैँलाई मात्रै नभएर पूरै टिमलाई जिताउन आग्रह गर्दै यस्तो चेतावनी दिएका हुन् । 

 

‘आफैँ जितौँ, आफैँ जितौँ भन्ने त्यो आफ्नो ठाउँमा होला, तर टिमले नजितीकन आफूले मात्रै जित्ने भन्ने सपना नदेखेहुन्छ,’ उनले भने, ‘३० गते आफ्नो टिम, मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यलाई जिताउने गरी प्रचार÷प्रसार गर्नुभयो भने राम्रो हुन्छ ।’ 

 

चन्द्रागिरिमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ । 

 

‘यो बहुदलअन्तर्गतको चुनाव हो’ उनको भनाइ छ, ‘यहाँ टिमलाई भोट माग्ने काम गर्नुपर्‍यो । वडाध्यक्षहरूले आफ्नो वडा सदस्य, मेयर र उपमेयरलाई भोट मागेर अगाडि जानुपर्छ ।’