close

कस्तो रहनेछ दिनभरको मौसम ?

कस्तो रहनेछ दिनभरको मौसम ?

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । चक्रवात ‘असानी’ हाल पश्चिम–मध्य बंगालको खाडीमा रहेको छ । ‘असानी’को प्रभाव नेपालको मौसमी प्रणालीमा परिरहेको छ । 

 

आज बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१ का एकदुई स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ ।

 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१ र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

विभागले आज राति प्रदेश–१, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रहने जनाएको छ । अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । 

 

प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।