close

गुजरात बन्यो आईपीएलको प्लेअफमा पुग्ने पहिलो टीम

गुजरात बन्यो आईपीएलको प्लेअफमा पुग्ने पहिलो टीम

Trulli
ADVERTISEMENT

काठमाडौं । इन्डियन प्रीमियर लीग आईपीएल २०२२ मा मंगलबार राति सम्पन्न प्रतियोगितामा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्ट्सलाई पराजित गरेको छ ।

 

जितसँगै गुजरातको टीम आईपीएल २०२२ को प्लेअफमा पुग्ने पहिलो टीम बन्न सफल भएको छ । गुजरात टाइटन्सले पहिला ब्याटिङ गर्दै केवल १४४ रन बनाएको थियो । १४५ रनको लक्ष्य पछ्याएको लखनउ सुपर जाइन्ट्स ८२ रनमा समेटियो । 

 

लखनउका लागि तीन ब्याटरले दोहोरो अंकमा रन बनाउन सके । अ‍ोपनर क्विन्टन डे कक ११ रन जोड्दै पहिलो विकेटका रुपमा पेभेलियन फर्किए । त्यसपछि क्रिजमा पसेका दीपक हुडाले २७ रनको योगदान दिए । दीपक १४ अ‍ौं अ‍ोभरमा नवौं विकेटका रुपमा आउट हुँदा अर्को एन्डबाट लगातार ८ विकेट खसेको थियो ।

 

कप्तान केएल राहुल ८, करण शर्मा ४, क्रुनाल पान्ड्या ५ र आयुष बदोनी ८ रनमा आउट भए । अलराउन्डर मार्कस स्टोइनिसले २ र‌ जेसन होल्डरले १ रन मात्र जोड्न सके । मोहसिन खानले १ रन लिँदा अन्तिम ब्याटर आभेश खानले २ छक्काको मदतले १२ रन जोडे ।

 

गुजरातका लागि अफगानी स्पिनर राशिद खानले ४ विकेट लिए । साइ किशोर र यश दयालले २-२ तथा मोहमद शामीले १ विकेट लिए ।

 

यता गुजरातलाई ब्याटिङमा शुभका गिलको अर्धशतकले उकासेको थियो । अ‍ोपनर शुभमनले अन्तिमसम्म नटआउट रहँदै ४९ बलमा ६३ रनको योगदान दिए । उनले ७ चौका प्रहार गरे । अर्का अ‍ोपनर ऋद्धिमान शाह ५ रनमा आउट भएका थिए ।

 

म्याथ्यु वेड १०, हार्दिक पान्ड्या ११ र डेविड मिलर २६ ले शुभमनलाई साथ दिएका थिए । राहुल टेवाटियाले अन्त्यतिर १६ बलमा २४ रन जोड्ने क्रममा ४ चौका प्रहार गरे । लखनउका आभेशले २ तथा मोहसिन खान र होल्डरले १-१ विकेट लिए ।