close

विद्यालय लगातार ६ दिन बन्द हुने

विद्यालय लगातार ६ दिन बन्द हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आजदेखि ६ दिनसम्म विद्यालय बन्द हुने भएका छन् । 

 

धेरैजसो सामुदायिक विद्यालयमा मतदान केन्द्र राखिएको र शिक्षकहरु निर्वाचनमा खटिएकाले पनि आजदेखि विद्यालय बन्द गरिएको हो । 

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसअघि ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ –३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो । 

 

तर, ३१ गते शनिबार आइतबार सार्वजनिक बिदा र दुई गते बुद्धजयन्ती परेकाले विद्यालय लगातार ६ दिन बिदा हुने भएका हुन्  ।