close

आफ्ना नामबाट खोलिएका नक्कली ट्विटर ह्यान्डलप्रति घिसिङको आपत्ति (विज्ञप्तिसहित)

आफ्ना नामबाट खोलिएका नक्कली ट्विटर ह्यान्डलप्रति घिसिङको आपत्ति (विज्ञप्तिसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा नक्कली ट्विटर ह्यान्डल खोली गलत सूचना प्रवाह गरिएको बताउँदै आपत्ति जनाएका छन् । 

 

कार्यकारी निर्देशक घिसिङले बुधबार एक विज्ञप्ति जारी स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचना सम्प्रेषण भइरहेको भन्दै आपत्ति जनाएका हुन् । 

 

‘मेरो आधिकारिक ट्विटर ह्यान्डल रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्विटर ह्यान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु,’ घिसिङले विज्ञप्तिमा भनेका छन् ।