close

इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि

इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि

Trulli
ADVERTISEMENT

काठमाडौं । युभेन्ट्सलाई अतिरिक्त समयमा पराजित गर्दै इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । 

 

रोमामा बुधबार राति भएको खेलमा युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ ले पराजित गर्दै इनटर च्याम्पियन बन्न सफल भएको हो ।

 

इन्टरलाई च्याम्पियन बनाउन इभान पेरिसिसले दुई तथा निकोलो बरेल्ला र हकान चलहानोग्लुको समान एक गोल गरे । युभेन्ट्सका एलेक्स सान्द्रो र डुसान भ्लाहोभिचले समान एक गोल गरे । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिँदा इन्टरले बाजी मार्न सफल भयो ।