close

बस दुर्घटना हुँदा कम्तीमा २५ जना घाइते

बस दुर्घटना हुँदा कम्तीमा २५ जना घाइते

Trulli
ADVERTISEMENT

डाेटी । पूर्वीचाैकी गाउँपालिका-४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तीमा २५ जना घाइते भएका छन्।

 

कैलालीकाे धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेकाे हाे। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्‍याइएकाे छ।

 

कम्तीमा २५ जना घाइते भएकाे र अन्यलाई पनि अस्पताल ल्याउन थालिएको भट्टले बताए। दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन।