close

काठमाडौँ छाड्नेको संख्या बढ्दै

पाँच दिनमा तीन लाख बाहिरिए

काठमाडौँ छाड्नेको संख्या बढ्दै

पाँच दिनमा तीन लाख बाहिरिए

Trulli
ADVERTISEMENT

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा मतदानका लागि मात्र १ दिन बाँकी हुँदा काठमाडौँ उपत्यका छाड्नेहरूको भीड पनि बाक्लो हुँदै छ ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाइलाई आधार मान्ने हो भने यो साता हिजो बुधबारसम्म अर्थात् ५ दिनभित्रै ३ लाखभन्दा बढी व्यक्तिले सडक मार्ग हुँदै उपत्यका छाडेका छन् ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार चुनावका लागि मतदान गर्न जाने यात्रुको अत्यधिक चाप थियो । बुधबार मात्रै ८३ हजार ६ सय ६० जनाले काठमाडौँ उपत्यका छाडेका थिए ।

 

बुधबार मात्रै ११ हजार २ सय ३३ सवारीले काठमाडौँ विभिन्न नाका हुँदै काठमाडौँ बाहिरिएका छन् । चुनाव नजिकिएसँगै उपत्यका भित्रिनेको संख्या भने घट्दै गएको छ ।

 

२७ वैशाखमा मात्रै करिब ५९ हजार ८१ जनाले काठमाडौँ छाडेका थिए। २६ वैशाखमा यो संख्या ५० हजार ९३० थियो भने २५ गते ५५ हजार ७ सय ४६ जनाले काठमाडौँ छाडेका थिए । २४ गते ५३ हजार व्यक्तिले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

 

उपत्यका भित्रिने यात्रुको संख्या भने केही दिन यता सामान्य अवस्थाको भन्दा कम रहेको महाशाखाले जनाएको छ । बुधबार ९ हजार २ सय २१ वटा सवारीबाट ३५ हजार ६ सय ५७ यात्रु काठमाडौँ भित्रिएका छन् ।

 

बिहीबार पनि नाकाहरूमा बाहिरिने यात्रुको चाप बाक्लै छ । सरकारी तथा निजी कार्यालयका कर्मचारीहरूले आज काठमाडौँ छाडिरहेका छन् । कार्यालय समयपछि यो क्रम अझै बढ्न सक्ने महाशाखाको अनुमान छ ।

 

बिहीबार मध्यरातबाट सवारी साधन चल्न नपाउने भएका कारण मतदान गर्न जानेहरू हतारोमा पनि देखिन्छन् ।