close

लुम्बिनीमा मोदी र देउवाबिच दुई पक्षीय औपचारिक वार्ता हुने

लुम्बिनीमा मोदी र देउवाबिच दुई पक्षीय औपचारिक वार्ता हुने

Trulli
ADVERTISEMENT

कपिलवस्तु । सोमबार नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा दिवा भोजको आयोजना गर्ने भएका छन् ।

 

प्रधानमन्त्री देउवाको निमन्त्रणामा सोमबार बुद्ध जयन्ती मनाउन लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री मोदी सोही दिन स्वदेश फर्कने कार्यक्रम तय गरिएको छ ।

 

मोदीको भ्रमणको सुरक्षा प्रबन्ध मिलाउन भारतीय वायु सेनाका अधिकारीहरू बुधबार नै लुम्बिनी आइसकेका छन् ।

 

लुम्बिनीमा मोदी र देउवाले मायादेवी मन्दिरमा पूजा अर्चना गर्ने छन् भने बिहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्नेछन्।

 

यस्तै परराष्ट्र मन्त्री नारायण खड्काले समेत मोदीसँग शिष्टाचार भेट गर्नेछन्। प्रधानमन्त्री देउवा र मोदीबिच दुई पक्षीय औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

प्रधानमन्त्रीका रूपमा  मोदीको यो पाँचौँ नेपाल भ्रमण हुनेछ । उनी पहिलो पटक लुम्बिनी भ्रमणमा आउन लागेका हुन्।

 

मोदी त्यही दिन लुम्बिनीबाटै स्वदेश फर्किने कार्यक्रम तय गरिएको छ।