close

स्थानीय तह निर्वाचको तयारी पूरा, ३५५ जना निर्विरोध निर्वाचित : आयोग

स्थानीय तह निर्वाचको तयारी पूरा, ३५५ जना निर्विरोध निर्वाचित : आयोग

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।  बिहीबार पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले यस्तो जानकारी दिएका हुन् । 

 

‘निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ वैशाख ३० हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ,' नियमित पत्रकार सम्मेलनका क्रममा उनले भने । 

 

केही स्थानीय तहबाहेक शुक्रबार अर्थात् भोलि एकसाथ निर्वाचन हुँदैछ । 

 

आयोगले निर्वाचन अगावै देशभर विभिन्न राजनीतिक दलका ३५५ जना पदाधिकारी निर्विरोध रूपमा निर्वाचित भएको जनाएको छ  । निर्वाचित हुनेहरूमा ६ वडाध्यक्षसहित ३५ स्वतन्त्र उम्मेद्वार  सदस्य छन् ।