close

घाइते मतदान अधिकृत लिन नेपाली सेनाको हेलिकोप्टर हुम्ला जाँदै  

घाइते मतदान अधिकृत लिन नेपाली सेनाको हेलिकोप्टर हुम्ला जाँदै  

Trulli
ADVERTISEMENT

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–२ महादेव मावि मतदान केन्द्रमा भएको झडपमा परी मतदान अधिकृत र अर्का एकजना घाइते भएका छन् । 

 

झडपमा परी अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी  घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बाँस्तोलाले बताए । 

 

उनीहरूलाई लिन नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ गएको छ ।

 

मतदानमा एक समूहले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि झडप भएको थियो । 

असहज परिस्थिति बनेपछि सात राउन्ड हवाई फयरिङसमेत गरिएको थियो ।