close

आयोगले सोध्यो बाबुराम भट्टराई र मतदान अधिकृत रुपाखेतीलाई साध्यो स्पष्टीकरण

आयोगले सोध्यो बाबुराम भट्टराई र मतदान अधिकृत रुपाखेतीलाई साध्यो स्पष्टीकरण

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन अयोगले जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र उनले मतदान गरेका मतदान केन्द्रका मतदान अधिकृतलाई स्पष्टीकरण सोधेको छ । 

 

जसपाका अध्यक्ष तथा बाबुराम भट्टराईले आफूले गरेको मतदान सार्वजनिक गरेको भन्दै आयोग र उनले मतदान गरेका गोरखा पालुङटार नगरपालिका अन्नपूर्ण मावि खोप्लाङका मतदान अधिकृत प्रदीपकुमरा रुपाखेतीलाई स्पष्टीकरण सोधेको हो ।

 

‘निज डा. बाबुराम भट्टराईले फोटो लिने सामग्री(मोबाइल वा क्यामेरा) लैजाँदा के कति कारणले सम्बन्धित मतदान अधिकृतले फोटो लिने सामग्री लानबाट रोक्नुभएन,’ सोधिएको स्पष्टीकरणमा भनिएको छ ।