close

उम्मेद्वारको गाडीले ठक्कर दिँदा मतदाताको मृत्यु, घटना नियोजित भएको माओवादीको दाबी

उम्मेद्वारको गाडीले ठक्कर दिँदा मतदाताको मृत्यु, घटना नियोजित भएको माओवादीको दाबी

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेद्वारको गाडीको ठक्करबाट रुकुम–पश्चिममा एक मतदाताको मृत्यु भएको छ ।

 

वडाध्यक्ष पदका उम्मेद्वार जनक बाँठामार सवार गाडीको ठक्करबाट बाँफिकोट गाउँपालिका–७का ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको हो । 

 

खत्री मतदान गर्न जाने क्रममा पाठकको लु. ३ च ३३१० नम्बरको गाडीले ठक्कर दिएको थियो ।

प्रहरीले गाडीचालकलाई नियन्त्रणमा लिएको छ । 

 

तर, माओवादी केन्द्रका केही नेताले नेकपा एमाले र कांग्रेसले हार्ने भएपछि घटना नियोजित रूपमा घटाइएको आरोप लगाएका छन् । 

 

रुकुमका विभिन्न स्थानमा माओवादी केन्द्र र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदै आएको छ ।