close

चीनले चीन-भारतबीच सीममा विवाद मात्रै छैन भन्नुको रहस्य

चीनले चीन-भारतबीच सीममा विवाद मात्रै छैन भन्नुको रहस्य

Trulli
ADVERTISEMENT

काठमाडौं । चीनले चीन– भारत सम्बन्ध सीमा विवाद मात्रै नभएको बताएको छ । 

 

भारतको वाणिज्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार चीनलाई पछि पार्दै अमेरिका भारतका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार   भएको सार्वजनिक भएपछि बेइजिङमा नियमित पत्रकार सम्मेलनका क्रममा मंगलबार चिनियाँ परराष्ट्र प्रवक्ता चाउ लिच्येनले सीमा मुद्दा मात्रै चीन–भारतको सम्पूर्ण सम्बन्ध नभएको टिप्पणी गरेका हुन् । 

 

 ‘हाल भारत(चीन सीमास्थिति स्थिर छ र दुवै पक्षबीच कूटनीतिक तथा सैन्य च्यानलमार्फत् घनिष्ठ सम्पर्क भइरहेको छ’, प्रवक्ता चाउले भने, ‘चीनले कहिल्यै पनि सीमा विवादलाई मात्र आपसी सम्बन्धको सम्पूर्णता मान्ने गरेको छैन। यसलाई आपसी सम्पर्कबाट यथास्थानमा राख्नुपर्छ र प्रभावकारी ढंगबाट किनारा लगाउनुपर्छ। आशा छ, भारतले चीनसँग आपसी विश्वास बढाएर व्यावहारिक सहयोगलाई सबल बनाउनेछ।’

 

सन् २०२१ को चिनियाँ तथ्यांक प्रस्तुत गर्दै प्रवक्ता चाउले चीन भारत द्विपक्षीय व्यापार १ खर्ब २५ अर्ब ६६ करोड डलर रहेको बताए ।