close

असार २० गतेसम्म सबै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउने जनक शिक्षा सामग्री केन्द्रको भनाइ  

असार २० गतेसम्म सबै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउने जनक शिक्षा सामग्री केन्द्रको भनाइ  

Trulli
ADVERTISEMENT

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले असार २० गतेभित्र विद्यार्थीको हातमा पुस्तक पुर्‍याउने बताएको छ । 

 

जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक  समयमै छपाइ तथा विक्री वितरण गर्न नसक्दा शैक्षिक सत्रका कक्षा सुरु हुँदासम्म विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको भनी आलोचना भइरहँदा जनक शिक्षा सामग्री केन्द्रले पालिका खबरसँग यस्तो बताएको हो । 

 

शैक्षिक सत्र सुरु हुनुभन्दा १५ दिन अगावै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउनुपर्ने भए पनि स्थानीय तहको चुनावका कारण समयमै पाठ्यपुस्तक छपाइ गर्न नसकेको जनक शिक्षा सामग्री केन्द्रको भनाइ छ । 

 

कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले समयमै पुस्तक छपाइ तथा विक्री वितरण गर्न नसक्दा विद्यार्थी पाठ्यपुस्तक पाउनबाट वञ्चित छन् ।

 

अहिलेसम्म काठमाडौं जिल्लाभन्दा बाहिरी जिल्लालाई प्राथमिकता दिई पाठ्यपुस्तक पठाउँदा उपत्यकालगायत  मुख्य सहरमा पुस्तक अभाव भएको केन्द्रको भनाइ छ । 

 

यो हप्ता हप्ताभित्र पाठ्यपुस्तक छपाइको कार्य गरिसक्ने  योजना केन्द्रको छ ।