close

अग्निसाइर कृष्णसावर गाउँपालिका प्रमुखले सिसिटिभीबाट वडाको निगरानी गर्ने

अग्निसाइर कृष्णसावर गाउँपालिका प्रमुखले सिसिटिभीबाट वडाको निगरानी गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णसावर गाउँपालिकाका अध्यक्षले गाउँपालिकाको भवन हुँदाहुँदै आफ्नो छुट्टै सचिवालय सञ्चालन गर्ने भएका छन् । 

 

नवनिर्वाचित अध्यक्ष दिननाथ चौधरीले पहिलो कार्यपालिका बैठकबाट आठ निर्णयसँगै आफ्नो छुट्टै सचिवालय सञ्चालन गर्ने निर्णय पनि गराएका हुन् ।  

 

गाउँ कार्यपालिकाको निर्णयअनुसार वडानम्बर १ जण्डौल बजारको सामुदायिक भवनमा सचिवालय सञ्चालन हुनेछ । सचिवालय सञ्चालनका लागि आवश्यक फर्निचर, कम्प्यूटर, प्रिन्टरसहिका सबै सामान गाउँपालिकाबाट खरदि गराउने निर्णय पनि कार्यपालिका बैठकले निर्णय गरेको छ । 

 

गाउँ कार्यपालिकाको बैठकले गरेका अन्य निर्णयहरुमा सबै वडाको कामकारबाही निगरानीका लागि सिसिटिभी जडान गर्ने,अध्यक्षको कार्यकक्षमा पालिकाको एक्स्टेन्सन टेलिफोन जडान गर्ने, हप्तामा एक दिन शनिबार मात्रै बिदा दिने र  वडा नम्बर १,५ र ६ को फोहोर महुली खोला तथा वडा नम्बर २३ र ४ को फोहोर अमसोत खोलामा व्यवस्थापन गर्ने, गाउँपालिका ज्येष्ठ नागरिक, सुत्केरी हुने महिला तथा सडक दुर्घटनामा घाइते भएका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा  प्रदान गर्ने र एम्बुलेन्स सञ्चालनमा लाग्ने खर्चको भुक्तानी पालिकाबाट छुट्टै योजना बनाइ भुक्तानी दिनेजस्ता निर्णय छन् ।