close

अर्थमन्त्रीलाई श्रेष्ठको प्रश्न : एमसीसी फिर्ता भए प्रशारणका लागि पैसा आफैँले हाल्ने हो ?

अर्थमन्त्रीलाई श्रेष्ठको प्रश्न : एमसीसी फिर्ता भए प्रशारणका लागि पैसा आफैँले हाल्ने हो ?

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले एमसिसीको १२ बुँदेबारे एक शब्द पनि नबोलिएको भन्दै आपत्ति जनाएका छन् । 

 

मंगलबार आव २०७९÷०८०को बजेटसम्बन्धी छलफलका क्रममा उनले यस्तो प्रश्न उठाएका हुन् । 

 

यस्तै, उनले लप्सीफेदी, रातमाटे, हेटौँडा, दमौली हुँदै गोरखपुरको प्रशारण लाइन र एमसिसीअन्तर्गत हो कि अर्थमन्त्रीको व्यक्तिगत प्रस्ताव हो भनी प्रश्न गरेका छन् ।

 

सो योजना एमसीसी अन्तर्गत हो वा होइन भन्दै भोलि एमसीसी फिर्ता भए अर्थमन्त्री आफैँले पैसा हालेर बनाउने हो  भनी जिज्ञासासमेत प्रकट गरे । 

 

अमेरिकाले एमसीसीसम्बन्धी १२ बुँदे नस्वीकारे त्यसैदिन खारेज हुने सो क्रममा उनले बताए ।