close

अभिनेत्री मगरविरुद्ध प्रदर्शन

अभिनेत्री मगरविरुद्ध प्रदर्शन

Trulli
ADVERTISEMENT

 

काठमाडौँ । प्रदर्शनमा रहेको चलचित्र कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरुद्ध चाबहिलस्थित केएल टावरमा अगाडि प्रदर्शन भएको छ। आज बिहान करिब १० बजेदेखि उनीविरूद्ध प्रदर्शन सुरु भएको हो ।

 

गत आइतबार कबड्डी-४ को प्रमोसनका क्रममा अभिनेत्री मगरको अङ्ग छोएर दुर्व्यवहार गरेको भन्दै प्रहरीले मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो । त्यस बेला आफ्नो शरीर नियतवश छोएको भन्दै अभिनेत्री मगरले तामाङमाथि थप्पड समेत हानेकी थिइन् ।

 

पक्राउ परेका तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएका युवाहरूले अभिनेत्री मगरले माफी माग्नुपर्ने र भिक्षुलाई नि:शर्त रिहा गर्नुपर्ने माग राखेका छन् ।

 

६०-७० जना जति प्रदर्शनकारीले कबड्डी-४ को पोस्टर समेत जलाएका छन् । तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।