close

विमान दुर्घटना अपडेट : २२ जनाकै शव फेला 

विमान दुर्घटना अपडेट : २२ जनाकै शव फेला 

Trulli
ADVERTISEMENT

मुस्ताङमा दुर्घटनामा परेको तारा एयरको विमान दुर्घटनामा सवार २२ जनाको शव भेटिएको छ। 

 

हिजो साँझसम्म २१ जनाको शव भेटिएकोमा आज बिहान बाँकी एक जनाको पनि शव भेटिएको हो । भेटिएका मध्ये २० जनाको शव घटनास्थलबाट निकालिएको छ। 

 

जसमध्ये १० जनाको शव हिजै काठमाडौं ल्याइएको थियो । अन्य १० जनाको शव आज विहान मुस्ताङको कोवाङसम्म ल्याइएको छ । अब दुई जनाको शव पनि कोबाङ ल्याएर १२ वटै शव काठमाडौं पठाइने  मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

 

दुर्घटनामा मृत्यु भएका यात्रु तथा चालक दलका सदस्यको शव काठमाडौंमा ल्याएर पोष्टमार्टम गरी परिवारलाई बुझाइने तारा एयरले जनाएको छ । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटनामा परेको थियो ।