close

विश्वराज पोखरेलको रिटमाथि पूर्ण सुनुवाइ आज

विश्वराज पोखरेलको रिटमाथि पूर्ण सुनुवाइ आज

Trulli
ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादमाथि अन्तिम सुनुवाइ सुरु हुँदैछ । 
 

पहिलो वरीयतामा रहेका एआईजी विश्वराज पोखरेललाई सरकारले प्रहरी प्रमुख नबनाई तेस्रो नम्बरमा रहेका धीरजप्रताप सिंहलाई बनाएपछि पोखरेल सर्वोच्च अदालतमा पुगेका थिए । 

 

बढुवाका लागि आफू योग्य भएको तर, सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्थाविपरीत बढुवा गरेको भन्दै पोखरेलले रिट दायर गरेका थिए ।

 

न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले यसअघि वैशाख २२ गते लिखित जवाफ माग गर्दै अन्तरिम जारी गर्न अस्वीकार गरेको थियो । 

 

सोही इजलासले मुद्दाको अन्तिम सुनुवाइ आजबाठ गर्ने आदेशसमेत सुनाएको थियो । सोही अनुसार आजदेखि अन्तिम सुनुवाइ हुन लागेको हो ।