close

मुस्ताङमा विमान दुर्घटना : २१ जनाको शव भेटियो

मुस्ताङमा विमान दुर्घटना : २१ जनाको शव भेटियो

Trulli
ADVERTISEMENT

काठमाडौं । आइतबार दुर्घटना भएको तारा एयरको विमानमा सवार २२ मध्ये २१ जनाको शव भेटिएको छ । ज्यान गुमाएकामध्ये १० यात्रुको शव काठमाडौं पुर्‍याइएको छ । 


आइतबार बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानो सरेभीरमा दुर्घटनाग्रस्त अवस्थामा करिब १९ घण्टापछि भेटिएको थियो। 

२१ शव संकलन भए पनि यात्रुको पहिचान हुन सकेको छैन । खराब मौसमका कारण दुर्घटनास्थलमा हेलिकोप्टर अवतरण गराई शव उठाउन नसकिएपछि उद्धारकर्ताले शव बोकेरै तल कोवाङ बस्तीमा झारेका थिए। तर अन्य १० शव भने तल ल्याउन प्रयास गरिए पनि मौसमकै कारण असम्भव भएको प्रहरीले जनाएको छ । 

नेपाली सेना र उद्धार टोलीले अझै एक जनाको शव खोजी गरिरहेको छ । आज अन्य शव काठमाडौं ल्याउने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । मृत्यु हुनेमा २ जना जर्मन नागरिक, ४ जना भारतीय हुन् भने अन्य नेपाली छन् ।