close

त्रियुगा-१० को अध्यक्षमा गोलाप्रथाबाट एमालेका पाण्डे निर्वाचित

त्रियुगा-१० को अध्यक्षमा गोलाप्रथाबाट एमालेका पाण्डे निर्वाचित

Trulli
ADVERTISEMENT

उदयपुर । त्रियुगा नगरपालिका-१० मा वडा अध्यक्षमा बराबर मत आएपछि गोलाप्रथाबाट एमाले बाजी मारेको छ । 

 

वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशकुमार खड्का र एमाले उमेदवार किरण पाण्डेको मत बराबरी भएपछि एमालेका किरण पाण्डेले बाजी मारेका हुन्।

 

नेपाली कांग्रेसका खड्का र एमालेका पाण्डेले समान एक हजार ५३ मत ल्याएका थिए ।  गोलाप्रथाबाट वडाध्यक्षमा काङ्ग्रेसका प्रकाशकुमार खड्का पराजित भएका हुन् ।