close

यस्ता छन्, काठमाडौं महानगर कार्यपालिकाका पहिलो बैठकका निर्णय

यस्ता छन्, काठमाडौं महानगर कार्यपालिकाका पहिलो बैठकका निर्णय

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि कार्यदल गठन, सडकका खाल्डाखुल्डी पुर्न, ढल निकास नियमित गर्न भौतिक पूर्वाधार एम्बुलेन्स ७ दिनभित्र सञ्चालनमा ल्याउने मेयर साहको प्रस्ताव पनि अनुमोदन गरेको छ। 

 

कार्यपालिका बैठकले नगरवासीको गुनासो सुन्न ७ दिनभित्र कल सेन्टर स्थापना गर्ने निर्णय पनि गरेको छ। बैठकले निजी रेस्टुरेन्टहरुमा निःशुल्क शौचालय सञ्चालनमा ल्याउने समेत निर्णय गरेको छ ।

 

कार्यपालिकाको बैठक प्रत्यक्ष प्रशारण गरिएको थियो । 

 

काठमाडौंको फोहोर व्यवस्थापन नगरी जितको खुसीयाली नमनाउने निर्णय गरेका नवनिर्वाचित मेयर बालेन साहले  साहले उपप्रमुख सुनिता डंगोल र केही वडाध्यक्षलाई समितिमा राख्ने भएका छन्।