close

विमान दुर्घटना अपडेट : मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइयो

विमान दुर्घटना अपडेट : मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइयो

Trulli
ADVERTISEMENT

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ । 

 

तारा एयरले विज्ञप्ति प्रकाशित गरी नेपाली सेनाकाे हेलिकोप्टरमार्फत्  १० जनाको शव काठमाडौं ल्याइएको जानकारी दिएको हो । 

 

‘शवहरु काठमाडौं ल्याइसकेपछि त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिनेछ’ तारा एयरका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको र एक जनाको शव खोजी भइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।