close

पत्नीहत्यामा दोषी ठहर काेइराला २०९० साल मंसिर १३ सम्म जेलमा रहने

पत्नीहत्यामा दोषी ठहर काेइराला २०९० साल मंसिर १३ सम्म जेलमा रहने

Trulli
ADVERTISEMENT

 काठमाडौं ।  पत्नी हत्याको मुद्दामा  दोषी ठहरिएका रञ्जन कोइरालालाई सेन्ट्रल जेल चलान गरिएको छ । 

 

 काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालका अनुसार सर्वोच्च अदालतको फैसलापछि कोइराला जेल चलान भएका हुन् । 

 

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई सुनाइएको ८ वर्ष ६ महिना मात्रै कैद सजाय हुने फैसला सुनाएका थिए । सोही फैसलाबमोजिम उनी थुनामुक्त भएका थिए । 

 

 तर,  सर्वोच्चको उक्त फैसलाविरुद्ध पुनरावेदनको निवेदन परेपछि सर्वोच्चले पुनरावेदनको निस्सा दिएको थियो । त्यसपछि उक्त मुद्दा पुनः ब्यूँतिएको थियो ।

 

  केही दिनअघि मात्रै उक्त मुद्दा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले उल्टाउँदै कोइरालालाई २० वर्ष नै जेल सजाय हुने फैसला सुनाएका थिए ।  

 

   फैसलाबमोजिम अब उनी २०९० साल मंसिर १३ गतेसम्म थुनामा रहनेछन् ।