close

फोहोर व्यवस्थापन नगरी उत्सव नमनाउने काठमाडौं महानगर प्रमुखको घोषणा  

फोहोर व्यवस्थापन नगरी उत्सव नमनाउने काठमाडौं महानगर प्रमुखको घोषणा  

Trulli
ADVERTISEMENT

काठमाडौं ।  काठमाडौं महानगरका प्रमुख बालेन शाहले आफूले काठमाडौंको फोहोर व्यवस्थापन नगरी कुनै पनि खादा  र उत्सव नमनाउने घोषणा गरेका छन् ।

 

सोमबार शपथ ग्रहणपश्चात् बसेको महानगरको कार्यपालिकाको बैठकमा महानगर प्रमुख बालेन शाहले सो घोषणा गरेका हुन् । 

 

 

महानगरबासीलाई धन्यवाद दिएर आफ्नो भनाइ सुरु गरेका महानगर प्रमुखले पहिलो कार्यकारी बैठकमा पदबहाली गर्नुभन्दा पहिला आफू बन्चरे डाँडा घुम्न गएको बताउँदै  त्यहाँका बासिन्दामा छाला र क्यान्सरका रोगी भएको बताए । 

 

 काठमाडौं महानगरको फोहोर थुपारेको स्थानलाई मन्दिरको संज्ञा दिँदै उनले भने, ‘ सबै पीडा र असहज सहेर बस्ने स्थानीयहरूलाई  हामीले हृदयदेखि नै धन्यवाद दिनुपर्छ ।’    

 

यस्तै, उनले भौतिक पूर्वााधर एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव गरेका छन् । साहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तत्काल गर्न २ वटा भौतिक पूर्वााधर एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखे ।

 

उनले भने, ‘जनताले समस्या छ भनेर कल सेन्टरमा खबर गरेपछि तत्काल रेस्पोन्स गर्नुपर्छ ।’


 

रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय प्रयोग गर्न दिने प्रस्ताव पनि अघि सारेका छन् । यसका लागि केही चेन रेष्टुरेन्टसँग कुराकानीसमेत भएको मेयर शाहले बताए । 

 

नागरिकको गुनासो सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याउने उनले बताए ।