close

विमान दुर्घटना अपडेट : २१ जनाको शव भेटियो, काठमाडौं ल्याउने तयारी

विमान दुर्घटना अपडेट : २१ जनाको शव भेटियो, काठमाडौं ल्याउने तयारी

Trulli
ADVERTISEMENT

काठमाडौं । आइतबार दुर्घटना भएको तारा एयरमा सवार २२ जनामध्ये २१ जनाको शव भेटिएको छ । 


मुस्ताङ प्रशासनका अनुसार जहाज दुर्घटनामा परी मृत्यु भएका २१ मध्ये १० को शव हेलीमार्फत् थासाङको कोवाङमा ल्याइएको छ। 

 

कोवाङमा ल्याइएका १० वटै शवको कानुनी प्रक्रिया र मुचुल्का गर्ने काम भइसकेकाले  काठमाडौं लैजाने तयारी भइरहेको प्रशानसले जानकारी दिएको छ । 

 

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज बिहान १० :१० मिनेटमा सम्पर्कविहीन भएको विमान थासाङको मानापाथी हिमाल स्थित नामसारे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो ।