close

चुनावी होइन, बजेटले उत्पादन बढाइ आत्मनिर्भर बनाउँछ : अर्थमन्त्री  

चुनावी होइन, बजेटले उत्पादन बढाइ आत्मनिर्भर बनाउँछ : अर्थमन्त्री  

Trulli
ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले चुनावलाई लक्षित गरी बजेट नल्याएको बताएका छन् । 

 

आइतबार संसद्मा प्रस्तुत बजेटबारे विपक्षी दलले सरकारले चुनावी बजेट ल्याएको आरोप लगाइरहेका बेला अर्थमन्त्रीले सोमबार सोबारे स्पष्टीकरण दिएका हुन् ।

 

‘बजेटमा चुनावी कुरा छैन, थोरै बाहेक हिजोकै कुरालाई निरन्तरता दिएको हो’ उनले भने, ‘उत्पादन बढाउनुपर्छ, आत्मनिर्भर हुनुपर्छ भन्नु चुनावी कुरा हो र ?’

 

 प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सरकारले चुनावी  बजेट ल्याएको भनी आरोप लगाउँदै आएको  छ ।