close

विमान दुर्घटनाको कारण  पहिचानका लागि पाँच सदस्यीय आयोग गठन

विमान दुर्घटनाको कारण  पहिचानका लागि पाँच सदस्यीय आयोग गठन

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले तारा एयरको विमान दुर्घटनाको कारण  पहिचानका लागि पाँच सदस्यीय आयोग गठन गरेको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमनकाे अध्यक्षतामा साे आयोग गठन गरेको हो । 

 

सो आयोगको सदस्यमा  क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् ।

 

मन्त्रालय समितिलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिन उपाय सिफारिस गर्न कार्यादेश दिएको छ । आइतबार मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरे भिरमा दुर्घटना भएको तारा एयरको जहाज आज बिहान भेटिएको थियो ।

 

दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमान सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको छ ।