close

गठबन्धन र प्रतिपक्षी दलको आव २०७९/८०को बजेट समीक्षा बैठक एकैसाथ सुरु

गठबन्धन र प्रतिपक्षी दलको आव २०७९/८०को बजेट समीक्षा बैठक एकैसाथ सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । आइतबार संसद्मा पेस आव २०७९/८०को बजेट समीक्षाका लागि गठबन्धनमा आबद्ध दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बैठक एकै साथ सुरु भएको छ । 

 

गठबन्धनको दल प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक प्रतिनिधिसिभा भवनमा सुरु भएको हो । 

 

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी जनता समाजवादी र राष्ट्रिय जनमोर्चा आबद्ध छन् । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको मत परिणामबाट उत्साहित गठबन्धनमा आबद्ध दलको यो दोस्रो बैठक हो । 

 

स्थानीय तह निर्वाचनमा यसअघि प्रथम स्थान हासिल गर्न सफल नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले पहिलो स्थान हात पार्न सफल भएको छ भने नेकपा माओवादी केन्द्रले पनि पहिलेको भन्दा आफ्नो स्थान सुधार गरेको छ । तर, एकीकृत समाजवादी निर्वाचन मतपरिणमबाट त्यति सन्तोषजनक छैन । 

 

आइतबार संसद्मा अर्थमन्त्री जनार्दन शर्माले आव २०७९को बजेट प्रस्तुत गरेका थिए ।

 

त्यस्तै, संसद्मा पेस बजेटबारे गठबन्धनकै केही नेताले पनि कतिपय कुराको आलोचना गरेका छन् । 

 

यस्तै, आव २०७९/८०को बजेट समीक्षाका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय बैठक बस्ने भएको छ । अर्थमन्त्री शर्माद्वारा संसद्मा जारी बजेटलाई प्रारम्भिक चरणमा एमालेका नेताले औपचारिक बजेटको संज्ञा दिँदै चुनावी सरकारले आफ्नो हैसियत बिर्सेर पूर्ण बजेट ल्याएको आरोप लगाएका छन् ।