close

भाउजुको हत्या गरेर फरार रहेको अभियोगमा देवर पक्राउ

भाउजुको हत्या गरेर फरार रहेको अभियोगमा देवर पक्राउ

Trulli
ADVERTISEMENT

सप्तरी । भाउजूलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेको आरोपमा देवर पक्राउ परेका छन् । बोदे बर्साइन नगरपालिका–१ धनगढीका २५ वर्षीय परमेश्‍वर साहलाई प्रहरीले पक्राउ गरेको हो ।


साहले भाउजु राजकुमारी साहलाई २१ माघ २०७८ मा घरमा खाना पकाई रहेको अवस्थामा जिउभरि पेट्रोल छर्की आगो लगाएका थिए ।

 

उपचारको क्रममा राजकुमारीको मृत्यु भएको थियो । भाउजूको मृत्युपछि राजन फरार रहँदै आएका थिए । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बोदेको टोलीले उनलाई पक्राउ गरेको हो ।