close

ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

Trulli
ADVERTISEMENT

उदयपुर । कटारी नगरपालिकाको भदौरेस्थित चनौटे खोलानजिक सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

 

सोमबार बिहान ट्रक दुर्घटनामा चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोलुखुम्बुस्थित मिड सोलु हाईड्रोको लागि हेटौँडाबाट आवश्यक निर्माण सामाग्री सिमेन्ट लैजाने क्रममा ना.८ ख ८२९७ नम्बरको लोबेड ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

 

दुर्घटनामापरी चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।