close

गुजरात टाइटन्सलेले जित्यो आईपीएलको उपाधि

गुजरात टाइटन्सलेले जित्यो आईपीएलको उपाधि

Trulli
ADVERTISEMENT

गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को उपाधि जितेको छ । आइतबार फाइनलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो ।

 

जितको लागि १३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातका कप्तान हार्दिक पान्ड्याले ३० बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । शुभमन गिलले ४३ बलमा ३ चौका र १ छक्कासहित ४५ रनमा अविजित रहे । फिनिसर डेविड मिलर १९ बलमा ३ चौका र १ छक्का सहित ३२ रनमा अविजित रहे ।

 

ओपनर ऋद्धिमान शाह ५ र तेस्रो नम्बरका म्याथ्यु वेड ८ रनमा आउट भए । तर तेस्रो विकेटका लागि गिल र हार्दिकले ५३ बलमा ६३ रनको साझेदारी गरे ।

 

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको थियो । राजस्थानका ओपनर जस बटलरले ३५ बलमा ५ चौकासहित सर्वाधिक ३९ रन बनाए ।

 

राजस्थानलाई ओपनर यशस्वी जैसवाल र जस बटलरले पहिलो विकेटका लागि ४ ओभरमा ३१ रनको साझेदारी गरेका थिए । 

 

हार्दिक पान्ड्याको नवौं ओभरको दोस्रो बलमा कप्तान सञ्जु स्यामसन एज लागेर थर्डम्यानमा किशोरबाट १४ रनमै आउट भए । सञ्जुको विकेट नै गुजरातको लागि टर्निङ प्वाइन्ट बन्यो । राशिद खानको १२ औं ओभरको पाँचौं बलमा देवदत्त पाडिक्कल १० बल खेल्दै दुई रनमा आउट भए ।

 

हार्दिकको १३ औं ओभरको पहिलो बलमा जस बटलर आउट साइड एज लागेर ऋद्धिमान शाहबाट क्याच भएपछि राजस्थान समस्यामा परेको थियो । शिम्रन हेटमायर ११, रविचन्द्रन आश्विन ६ र ट्रेन्ट बोल्ट ११ रनमा आउट भए । रियान पराग १५ रनमा आउट भए ।

 

गुजरातका कप्तान हार्दिक पान्ड्याले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । गुजरात शीर्षस्थानमा रहँदै क्वालिफायर खेलेको थियो ।