close

पाइलटको मोबाइलमा घण्टी बजिरहेको छ, तर विमान अझै भेटिएन

खोजीमा खराब मौसम बाधक

पाइलटको मोबाइलमा घण्टी बजिरहेको छ, तर विमान अझै भेटिएन

खोजीमा खराब मौसम बाधक

Trulli
ADVERTISEMENT

काठमाडौँ । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको हराइरहेको विमानका क्याप्टेन प्रभाकर घिमिरेको मोबाइलमा घण्टी गइरहे पनि जहान कहाँ गयो भनेर अझै पत्ता लगाउन सकिएको छैन ।

 

नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टरबाट धौलागिरि रेन्जमा खोजी कार्य जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी जहाज सम्पर्कविहीन भएको सम्भावित क्षेत्रमा हिँडेरै पुगेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय मुस्ताङले सम्पर्कविहीन जहाजको खोजी जमिन र आकाशबाट भइरहेको जानकारी दिएका छन् ।

 

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली, ३१ नम्बर गुल्म हेडक्वार्टरबाट सशस्त्र प्रहरी र नारायण दल गणबाट नेपाली सेना परिचालन भएका छन्।

 

विमानका क्याप्टेन प्रभाकर घिमिरेको मोबाइलमा घण्टी बजिरहेको हुँदा त्यसलाई ट्रेस गरेर विमानको खोजी समेत भइरहेको छ । तर, खराब मौसमका कारण खोजीमा असर परिरहेको मुस्ताङ प्रहरीले जानकारी दिएको छ ।

 

धौलागिरि रेन्जतर्फ केन्द्रित गरी खोजी कार्य जारी राखिएको प्रहरीले जानकारी दिएको छ।

 

तारा एयरले समेत विज्ञप्ति जारी गर्दै हराइरहेको जहाजको खोजी भइरहेको जनाएको छ।