close

निजगढमा सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन

निजगढमा सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन

Trulli
ADVERTISEMENT

काठमाडौं । निजगढमा विमानस्थल निर्माण कार्य स्थगितका लागि दिएको आदेशविरुद्ध निजगढस्थित सहिद चोकमा धर्ना तथा चक्काजाम भएको छ । 

 

यही १२ गतेको सर्वोच्चको सर्वोच्च अदालतले निजगढ विमानस्थलको विकल्प खोज्न भन्दै निजगढ विमानस्थल निर्माण कार्य रोक्न दिएको आदेशविरुद्ध आइतबार स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चको आयोजनामा धर्ना र चक्काजामजस्ता विरोधका कार्यक्रम भएका हुन् । 

 

प्रदर्शनकारीरूले सर्वोच्चको निर्णय फिर्ता गर्, विकासप्रेमी जनता एक हौँ, भारतीय विस्तारवाद मुर्दावादजस्ता नारा लगाएका थिए । 

 

निजगढ विमानस्थल रोक्न आदेशसँगै यसको पक्ष र विपक्षमा बहस जारी छ ।

 

तर, राजनीतिक वृत्तमा विमानस्थल निर्माण कार्य रोकिएकोमा नेकपा एमाले, एकीकृत समाजवादीलगायत राजनीतिक दलले आपत्ति जनाएका छन् । 

 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारको नीति तथा कार्यक्रम छलफलका क्रममा संसद्मा बोल्ने क्रममा निजगढ विमानस्थल निर्माण कार्य रोकिनु दुखःद् भएको बताएका थिए । 

 

यस्तै, नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले सर्वोच्चको फैसला आएकै दिन सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका थिए ।