close

श्रद्धाञ्जलि दिन हतार !

श्रद्धाञ्जलि दिन हतार !

Trulli
ADVERTISEMENT

काठमाडौं । कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान साढे तीन घण्टादेखि सम्पर्कविहीन छ। 

 

१९ जना यात्रुसहित आइतवार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको नाइन एनएईटी ट्विनअटर विमानको १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको हो । 

 

मौसम प्रतिकूलताका कारण सम्पर्कविहीन जहाज खोज्न ३ वटा हेलिकोप्टर र पैदलयात्रामार्फत नेपाली सेना परिचालन गरिएको छ  । 

 

सम्पर्कविहीन जहाजको अवस्था अज्ञात रहेकै अवस्थामा सामाजिक सञ्जाल सामाजिक सञ्जालफेसबुकमा जिम्मेवार व्यक्तिहरूले  श्रद्धाञ्जलि’ दिने होडबाजी गरिरहेका छन् भने केही मिडियाले गलत फोटोको प्रयोग गरेका छन् । गलत फोटोको प्रयोगप्रति प्रेस काउन्सिलले सचेत गराएको छ भने श्रद्धाञ्जलिमा कमेन्टको ओइरो छ । 

 

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयदेखि बागमती प्रदेश सरकारका मन्त्रीहरूसमेतले श्रद्धाञ्जलि दिन हतार गरेका छन् । 

प्रचण्डकी स्वकीय सचिव तथा छोरी गंगा दाहालले दुर्घटनाको पुष्टि नहुँदै श्रद्धाञ्जलि दिइसकेकी छन्।  यस्तै बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकालले पनि घटनाको आधिकारिक पुष्टि नहुँदै ‘श्रद्धाञ्जलि’ दिएका छन्। 

 

सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख हर्क साम्पाङले पनि हतारोमा ‘श्रद्धाञ्जलि’ दिएका छन् । 

 

तर, यो घटना पहिलो भने होइन । यसअघि कांग्रेसका नेता रबिन्द्र जोशी, राष्ट्रकवि घिमिरे पूर्वयुवराज पारस शाह, कांग्रेस नेता डा. शशांक कोइराला, विश्व फुटबल स्टार पेलेसम्म यसका शिकार भइसकेका छन् । 

 

सामाजिक सञ्जाल प्रयोगकर्ताले कसैप्रतिको श्रद्धाञ्जलि पोष्ट गर्दै गर्दा जति हातको औँला हतारमा लम्किन्छ, त्यति नै सोच्नु आवश्यक देखिन्छ । त्यही पोष्टमा आफ्नो नाम र तस्वीर भए आफू र आफ्नो परिवारले कसरी लेलान् ? कस्तो पीडा होला आफन्तलाई ?