close

नागरिकता विधेयक ऐन संशोधनको माग गर्दै प्रदर्शन

नागरिकता विधेयक ऐन संशोधनको माग गर्दै प्रदर्शन

Trulli
ADVERTISEMENT

काठमाडौं । नागरिकता विधेयक ऐन संशोधनको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । 

 

७ वर्षदेखि नागरिक ऐन संशोधन नहुँदा जन्मका आधारमा नागरिकता पाएका बाबु, आमा र आमाको नामबाट नागरिकता नपाएका नेपालीले नागरिकता नहुँदा जीवन असहजता भएको भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । 

 

२०७२ को संविधानअनुसार भाग–२ धारा १०को उपधारा (१) छिटोभन्दा छिटो कार्यान्वयन गर्, संविधानको धारा लागू गर् ।

 

संविधान संशोधन छिटो गर्, हाम्रो पहिचान कायम गर् वंशजको आधारमा नागरिकता दे सरकार, हाम्रो भविष्यसँग खेलबाड गर्न पाइँदैनजस्ता प्लेकार्ड बोकेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

 

‘संविधानको धारा १०(१)मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन’भनी उल्लेख छ । 

 

पछिल्लो समय नागरिकता विधेयकबारे बहस जारी छ । यसअघि केपी शर्मा ओलीले नागरिकसम्बन्धी अध्यादेश ल्याएका थिए । तर, सर्वाेच्च अदाताले सो अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएको थियो । 

 

पछिल्लो समय यस मुद्दालाई विशेषतः नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जोडका साथ उठाइरहेका छन् ।सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा पनि अध्यक्ष दाहालले सो विषय उठाएका थिए ।