close

सम्पर्कविहीन विमान खोजी कार्यमा सहयोगी बन्दै पाइलटको मोबाइल

सम्पर्कविहीन विमान खोजी कार्यमा सहयोगी बन्दै पाइलटको मोबाइल

Trulli
ADVERTISEMENT

काठमाडौं । पोखरादेखि मुस्ताङका लागि उडेको तारा एयरको बेपत्ता विमान खोजीमा संलग्नहरूका अनुसार मुस्ताङको टिटी लेक वरपर खोजी केन्द्रित गरिएको छ । 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन लागिरहेको छ भने ट्र्याक गर्दा टिटी लेक आसपासमा लोकेसन पत्ता लागेकाले खोजी त्यतै केन्द्रित गरिएको हो ।

 

१९ जना यात्रु र ३ जना चालक दलका सदस्य गरी २२ जना सवार जहाज आज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । उक्त जहाज १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । उक्त जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको हो ।