close

विमान खोज्न परिचालित दुई हेलिकोप्टर खराब मौसमका कारण फर्कियो

विमान खोज्न परिचालित दुई हेलिकोप्टर खराब मौसमका कारण फर्कियो

Trulli
ADVERTISEMENT

काठमाडौं ।  पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको ट्विनअटर विमान खोजीको लागि दुई हेलीकोप्टर परिचालन गरिएको छ । 

 

जहाजको खोजीकार्यका लागि फिस्टेल एयरको एक हेलिकोप्टर मुस्ताङबाट उडेको छ भने काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर पनि उडेको छ । 

 

तर विमान हराइरहेको क्षेत्रको मौसम सुधार नभएको कारण खोजी कार्य रभावित भएको अधिकारीहरूले बताएका छन् ।  पोखरा–जोमसोम रुटमा पर्ने मुस्ताङको थासाङ गाउँपालिकाको लेतेमा अहिले बादल लागेको र पानी परिरहेको हुँदा समस्या भएको हो ।

 

यसैबीच विमान खोजी तीव्र पार्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा 'ईको ट्यांगो कल साइन' भएको जहाज खोजी कार्यमा तीव्रता दिन सुरक्षा निकाय र सम्बन्धित जिल्ला प्रशासन प्रमुखलाई निर्देशन दिएका हुन् ।