close

यी हुन् सम्पर्कविहीन विमानमा सवार यात्रु

यी हुन् सम्पर्कविहीन विमानमा सवार यात्रु

Trulli
ADVERTISEMENT

काठमाडौँ । पोखराबाट जोमसोमतर्फ १९ यात्रुसहित उडेको तारा एयरको जहाज मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घटना भएको छ । 

 

बिहान १० बजेर १५ मिनेट जाँदा सम्पर्कविहीन भएको जहाज टिटी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । यसै विषयलाई लिएर नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलनको आयोजना गर्दै छ भने विमानको खोजी कार्यका लागि नेपाली सेनाको हेलिकोप्टर घटनास्थल जाँदै छ । 

 

तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएपछि सम्पर्कविहीन भएको थियो । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए । 

 

विमानमा इन्द्र बहादुर गोले, पुरुषोत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए । 

 

यस्तै विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टे किस्मी थापा थिइन् ।

 

विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेको यति एयरलाइन्सले जनाएको छ । तारा एयरको ९ एन-एइटी जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडान भरेका थिए । चालक दलका सदस्य इताशव घिमिरे र किश्मी थापा सहित सो जहाज ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको थियो ।

 

*शिर्षक सच्याइएको